काठमाडौं । नेसनल लाइफ इन्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् । आगामी सभाका लागि कम्पनीले भोली जेठ ११ गते बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले जेठ २२ गते साधारण सभा बोलाएको छ । उक्त सभाले लाभांश पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले सभामा २०७८/०७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा रहको छ । यस्तै लेखापरिक्षक र निजको पारिश्रमिक तोक्ने रहेको छ ।
FACEBOOK COMMENTS