काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।
आज सम्पन्न अधिवेशनले रमानाथ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघमा अध्यक्ष श्रेष्ठका साथै उपाध्यक्षमा उज्ज्वल जंग पराक्रम शाह, दुर्गाराज श्रेष्ठ र राजेन्द्र शेरचन चयन भएका छन् ।
यस्तै महासचिवमा प्रेमहरि मैनाली चयन भएका छन् भने सचिवमा सागर शाक्य, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सहकोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ चयन भएका छन् ।
संघको नयाँ कार्यसमिति सदस्यमा रामचन्द्र खेतान, सत्यबहादुर श्रेष्ठ, केशवप्रसाद मैनाली, दीपक भण्डारी ‘क’, दीपक भण्डारी ‘ख’, भुवन श्रेष्ठ, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, चन्द्रबहादुर थापा, फुपू तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल चयन भएको प्रमुख निर्वाचन अधिकृत अरुण पौड्यालले बताए ।
संघको पहिलो कार्यसमिति बैठकबाट ५ जना सदस्य मनोनीत भएका छन् । जसमा राजेन्द्र संग्रौला, मिना गोपाली, गणपतिलाल श्रेष्ठ, कुशन प्रधान र लक्ष्मी खनाल मनोनीत भएका छन् ।
