काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) ले आगामी मौद्रिक नीतिको बारेमा विशेष छलफल कार्यक्रम आयोजना गरेको छ ।
संघले सुरू गरेको ‘व्यावसायिक आवाज’को नियमित दोस्रो श्रृङ्खलामा ‘प्रचलित आर्थिक अवस्थालाई सम्बोधन गर्न’ आगामी मौद्रिक नीति कस्तो हुनुपर्छ भन्ने विषयमा व्यापक छलफल गरी राष्ट्र बैंकलाई विभिन्न सुझावहरू समेत दिएको छ ।
छलफलबाट आएका विभिन्न सुझावहरूलाई समेटेर तयार पारिएको प्रतिवेदनात्मक सुझावहरू संघले राष्ट्र बैंकलाई बुझाउने महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए । उनका उनका अनुसार कार्यक्रममा नीतिगत दर घटाउने, अपरिवर्तित बैंक दर, समायोजित निक्षेप सङ्कलन दर, परिचालन लक्ष्य सेट र दोस्रो बजार कारोबार र निक्षेप सङ्कलनलगायत धेरै विषयमा छलफल भएको थियो ।
उद्योगी व्यवसायीका समस्याहरू उजागर गर्दै समाधान खोज्ने हेतुले ‘व्यावसायिक आवाज’को नियमित श्रृङ्खला सुरू गरिएको संघले बताएको छ । आगामी दिनमा पनि विभिन्न विषयहरूमा छलफल गरी नियामकहरूसँग लविङ गर्दै जाने योजना एनसीआईसीकेको छ । मौद्रिक नीति व्यवसायीको हितमा आउन सकेमात्र देशको अर्थतन्त्रले गति लिने संघको धारणा छ ।
के–के छन् त आज भएको छलफलबाट व्यक्त भएका सुझावहरू ?
monetray-policyयो पनि पढ्नुहोस्–
उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न एनसीआईसीकेको प्रस्ताव (प्रस्तावसहित)
FACEBOOK COMMENTS