कैलाली। कैलाली जिल्लाको कैलारी गाउँपालिका–२ अन्तर्गत कैलाली गाउँमा स्थानीयवासीले नाली खन्ने क्रममा फेला पारेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
जेठ २५ गते फेला परेको उक्त शंकास्पद वस्तुबारे जानकारी प्राप्त भएपछि नेपाली सेना अन्तर्गतको देवीदल गणबाट खटिएको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै शंकास्पद वस्तुको परीक्षण गरी सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ।
घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने कुनै मानवीय तथा भौतिक क्षति नभएको सेनाले जनाएको छ। नेपाली सेनाले शंकास्पद वस्तु फेला परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।