काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४६ करोड ५४ लाख रुपियाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा १५.०२ प्रतिशत घटेको हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ५४ करोड ७६ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा नाफा घटे पनि कम्पनीको खुद आर्जित बीमाशुल्क र कुल आम्दानी भने बढेको छ । गत आर्थिक वर्षमा कम्पनीको खुद आर्जित बीमाशुल्क १२.१४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, कुल आम्दानी ८.८२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी भने ९.५२ प्रतिशतले बढेको छ। कुल खर्चसमेत १०.१२ प्रतिशत वृद्धि भएको छ।
आम्दानीको तुलनामा खर्च तथा दाबी भुक्तानी बढ्दा कम्पनीको खुद नाफामा दबाब परेको देखिन्छ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा ईपीएस १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ९१ पैसामा सीमित भएको छ।