काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकिङ पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिन चाहने ग्राहकलाई ०.५ प्रतिशत मात्र सेवा शुल्क तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको हो।
यो विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ अवधिभर लागू हुने बैंकले जनाएको छ।
सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा सहभागी भई सिद्धार्थ बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नेछन्। यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकता र क्षमताअनुसार सवारीसाधन खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकले ग्राहकलाई वित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोग तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
यस विशेष कर्जा योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन्।