काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटिएको हो।
नेपालले ८ विकेट नोक्सानीमा २६३ रन बनाएको थियो।