काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ दशमलव ५२ विन्दुले घटेको छ ।
यससँगै सूचक २६६१ दशमलव ७९ विन्दुमा आएको छ । यस अवधिमा २५ लाख ३९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा २६ कम्पनीको ५ हजार ५ सय ४३ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ७ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS