काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएका मध्येबाट ४ जनाको सर्टलिस्ट तयार पारिएको छ ।
सीईओ छनौट तथा सिफारिश समितिले ४ जनाको सर्टलिस्ट तयार पारेको जनाएको छ । समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि ४ जनालई बोलाएको छ ।
सर्टलिस्टमा परेका ४ जना मध्ये अनिलराज पौडेललाई असोज २३ गते बिहान ७ बजे र नवराज सापकोटाको बिहान ८ बजे र नारायण सापकोटाको सोही दिन साँझ साढे ५ बजे तथा प्रताप सुवेदीको साढे ६ बजे अर्थ मन्त्रालयमा अन्तवार्ता तथा प्रस्तुतीकरण हुनेछ ।
नेप्सेको सीईओ खुला प्रतिस्पर्धाको आधारमा छनौट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनको लागि गठित छनौट तथा सिफारिश समितिले साउन १२ गते पदपूर्तिसम्बन्धी सूचना जारी गरेको थियो । जसमा ८ जना उम्मेदवारले आवेदन दिएका थिए ।

