काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ। मंगलबार ३ अर्ब ८ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४६ वटा धितोपत्रको एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर किनबेच भएको हो। बुधबार २४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर छ।
यसदिन अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५६१ रूपैयाँ २० पैसा पुगेको छ।
यस्तै, माउन्टेन हाइड्रोको मूल्य ११.८८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २९२ रूपैयाँ कायम भएको छ।सर्वाधिक मूल्य घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ।

उक्त कम्पनीको मूल्य १३।२६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ९९५ रूपैयाँमा झरेको छ

यसैगरी, एसबिएल डिबेन्चरको मूल्य ६।४० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ४५ रूपैयाँमा सीमित भएको छ।

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको एक हजार ९९५ रूपैयाँमा १८ करोड ३५ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आखुँखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३६८ रूपैयाँ ९० पैसामा १७ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।