काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से कारोबारमा उच्च अङ्कको गिरावट आएको छ ।
आज ४५.५९ अङ्कले घटेर नेप्से परिसूचक २ हजार २० दशमलव २३ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २३४ ओटा धितोपत्रको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर २८ हजार ९५९ पटक खरीदविक्री हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँ ६५ पैसा बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन १ अर्ब ३७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँ ८३ पैसा बराबरको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से पसिूचक १२.९२ अङ्कले घटेर २ हजार ६५ दशमलव ७८ विन्दुमा रोकिएको थियो ।
आज नेप्सेसहित सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट चार वटै मुख्य सूचकहरू र सबै उपसूचकहरू ऋणात्मक बनेका छन् ।
बजार घट्दा पनि उपकार लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आज उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भइ प्रतिकित्ता २ हजार १२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै बलेफी हाइड्रोपारको शेयर मूल्यमा ९ दशमलव ९८ प्रतिशतले बृद्धि भइ प्रतिकित्ता २०३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । उपकार लघुवित्तको शेयर प्रतिकित्ता १९३ रुपैयाँ २० पैसा र बलेफीको शेयर आज प्रतिकित्ता १८ रुपैयाँ ५० पैसाले बढेको हो ।
अघिल्लो कारोबार दिन गत शुक्रबार र हिजो सोमबार पनि यी दुवै कम्पनीको शेयर मूल्य सर्किट लेभलमै कारोबार भएको थियो ।
FACEBOOK COMMENTS