काठमाडाैँ- साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । छठ विदापछि खुलेको पहिलो कारोबार दिन नेप्से परिसूचक ६२.५४ अंकले बढेर २ हजार ७३८.०६ विन्दुमा पुगेको हो । पछिल्लो समय निकै सुस्त बनेको शेयर बजारमा लगानीकर्ताहरु उत्साहीत बनेका छन् । चाडपर्व सकिएपछि लगानीकर्ताहरु बजार केन्द्रित हुन थालेको लगानीकर्ताहरुको भनाई छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार कित्ता शेयर किनबेचहुँदा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा सानिमा जेआइसी इन्स्योरेन्स, समृद्धि फाइनान्स कम्पनी, न्यादी ग्रुप पावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, साहस उर्जा कम्पनीको १९ करोड ४४ लाख रुपैयाँदेखि ३८ करोड ४ लाख रुपैयाँसम्मको कारोबार भएको छ । यो तीन महिनापछिकै उच्च कारोबार हो । यस अघि गत भदौंको १७ गते १० अर्बमाथिको कारोबार भएपश्चात् यो अंकको कारोबार हुन सकेको थिएन ।
६कम्पनीको शेयर मूल्यमा सर्किट
बढेको बजारमा यो दिन ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा गुराँश लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, सुपरमादी हाइड्रो पावर, फलेफी हाइड्रो पावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आइतबार सानिमा ग्रोथ फण्ड,समाज लघुवित्त वित्तीय संस्था,मिथिला लघुवित्त वित्तीय संस्थाको ४.१६ प्रतिशतदेखि ६.७६ प्रतिशतसम्मले घटेको छ ।
लगानीकर्ता देव गुराँगा
FACEBOOK COMMENTS