काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आज (असार ३) देखि चलनचल्तीमा ल्याएको छ ।
केन्द्रीय बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका यी नयाँ नोटहरू चलनचल्तीमा ल्याइएको हो ।
नोटमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ ।
राष्ट्र बैंकका अनुसार, संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोटहरू चलनचल्तीमा ल्याइएको हो ।