काठमाडौं । भारतको एक टेलभिजनमा गर्मीको समाचार पढ्दा पढ्दै न्युज एङ्कर बहोस भएकी छिन् ।
प्रत्यक्ष प्रसारणको क्रममा न्युज पढ्दा पढ्दै गर्मीका कारण बेहोस भएकी हुन् । दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा समाचार पढ्दा पढ्दै बेहोस भएकी भारतीय सञ्चार माध्यमहरुले बताएको छ ।
‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ ।’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन्, ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’
कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ ।
ओडिशा, झारखण्ड र पश्चिम बङ्गालका केही भागहरूलाई असर गरिरहेको तातो हावाको लहर यस महिनाको दोस्रो गर्मीको लहर हो। पहिलो गर्मीको लहरले तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु र गुजरातका केही भागमा अत्यधिक थियो।
शनिबार केही स्थानको अधिकतम तापक्रम सामान्यभन्दा सातदेखि आठ डिग्री बढी रेकर्ड गरिएको थियो । पश्चिम बंगालको मिदनापुर र बांकुरामा क्रमशः ४४.५ डिग्री सेल्सियस र ४४.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
FACEBOOK COMMENTS