काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दे अध्यावधिक गराउन अनुरोध गरेको हो ।
खाताबाट गरिएको करकट्टीको विवरण ” आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अध्यावधिक गर्न बैंकले भनेको हो । बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप मा रहेकाे “एब्ल् ग्उमबतभ” विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सकिने पनि बैंकले जनाएको छ ।
साथै, आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने उल्लेख छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ ।
‘उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
साथै, बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०(०१(७७७७१, ०१(५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले अनुरोध
