काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले विभिन्न एजेन्डा सहित संस्थाको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको सञ्चालक निर्वाचन कार्यक्रमबाट संस्थापक समुह तर्पm एन आईसी एशिया बैंक लिमिटेडबाट मनोनित भई प्रतिनिधित्व गर्नु भएका लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल, दिपेन्द्र शर्मा र पुष्कर राज जोशी तथा सर्वसाधारण समुह तर्फ बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।
साथै, साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकबाट नव निर्वाचित सञ्चालक लक्ष्मण चालिसेलाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा चयन गरिएको छ ।
नव निर्वाचित सञ्चालकहरुको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।