काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरूका लागि नयाँ अफर लिएर आएको छ । जसअन्तर्गत तीन जना भाग्यशाली विजेताहरू हुनेछन् र प्रत्येक विजेताले एक हजार इकाइ उपहारस्वरूप पाउनेछन् ।
यस योजनामा योग्य हुनका लागि ग्राहकहरूले एनआईएमबीबाट हितग्राही खाता खोली एसआईपी रजिस्ट्रेसन गर्नुपर्नेछ । कार्तिक १३ गते अर्थात् धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ ।
कार्तिक १३ गते राति ११:५९ बजेसम्म रजिस्ट्रेसन गरेकाहरू मात्र लक्की ड्रमा पर्नेछन् । यस योजनाका विजेताहरूको घोषणा भने कार्तिक १४ गते एनआईएमबी एस क्यापिटलको आधिकारिक फेसबुकमार्फत लाइभ गरिनेछ ।
एनआईएमबी एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआईबीएल म्युचुअल फण्डअन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ । हाल एनआईएमबी एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आएको छ ।
FACEBOOK COMMENTS