काठमाडौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर “धेरै ड्राइभ गर्नुहोस्, धेरै उत्सव मनाउनुहोस्” सार्वजनिक गरेको छ ।
असोज ६ गते देखि छठ पर्वसम्म लागू हुने यस योजना अन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्स जस्ता सुविधा पाउनेछन् ।
“धेरै ड्राइभ गर्नुहोस्, धेरै उत्सव मनाउनुहोस्” अफरमा एमजी एचएस PHEV/ एचईभी, एमजी यु९ ईभी, एमजी IM6, एमजीएस६ ईभी, MGS5 EV, MG4 लगायतका मोडलहरू समावेश छन् ।
हालै नेपाली बजारमा सार्वजनिक गरिएको MG HS PHEV/ HEV ले आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शन प्रदान गर्दछ। त्यसैगरी MG U9 EV क्षमता र बहुउपयोगिताका लागि तयार गरिएको ४X४ इलेक्ट्रिक पिकअप हो। त्यसैगरी, MGS6 EV मा १८० KW मोटर, RWD, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ ।
त्यस्तै, ग्राहकमाझ लोकप्रिय MGS5 EV ४३.९९ लाखदेखि आकर्षक मूल्यमा उपलब्ध रहेको र RWD तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहित आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको छ। यससँगै ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न प्रकारका हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्नेछन् ।
