काठमाडौँ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले इन्धनको मूल्य बढाएको छ ।
निगमले डिजेलको मूल्य प्रतिलिटर ३ र पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले बढेर आएको छ ।
भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाइएको हो । बढेको मूल्य आज रातिदेखि लागू हुनेछ ।
FACEBOOK COMMENTS