काठमाडौँ- चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। ओली आइतबार बिहान करीब १०ः३० बजे स्वदेश फर्किएका हुन्।
ओली स्वदेश फर्कँदा अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण उडान र अवतरण आधा घन्टाका लागि बन्द गरिएका थिए।
विमानस्थलमा प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरुले स्वागत गरेका थिए।
यस्तै विमानस्थलमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरु पुगेका थिए।