काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
अर्याललाई मंगलबार नियन्त्रणमा लिएको स्रोतले पुष्टि गरेको छ।
पासपोर्टको आपूर्तिको विषयमा उनलाई नियन्त्रणमा लिएर बयान लिन सुरू गरिएको हो।
‘सोधपुछको काम भइरहेको छ,’ स्रोतले भन्यो। महानिर्देशक अर्याल सोमबार प्रधानमन्त्री कार्यालय पनि गएका थिए।
त्यस्तै व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन्।
