काठमडौं । ब्राजिलको भिन्हेडो सहरस्थित मानव बस्तीमा विमान खसेको हो। जहाँ विमान तल ठाडो भएर खसिरहेको भिडियो सामाजिक सञ्जालमा मानिसहरुले पोस्ट गरिरहेका छन् ।
काठमाडौं । ब्राजिलको साओ पाउलोमा ६२ यात्रु बोकेर उडेको विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ ।
ब्राजिलको दक्षीणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरका लागि उडेको टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ । दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
विमानमा ५८ यात्रु र अरु चार जना चालक दलका सदस्य थिए । स्थानीय अधिकारीहरुले दुर्घटनामा सबैको मृत्यु भएको बताएका छन् ।
उक्त विमान मानव बस्तीमा खसेको छ । दुर्घटनापछि उद्धारका लागि ठूलो संख्यामा प्रहरी खटिएका छन् । उनीहरुले यात्रुहरुलाई अस्पताल लगिरहेका छन् । दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुला द सिल्भाले सार्वजनिक रुपमा सम्बोधन गर्ने कार्यक्रममा १ मिनेट मौनधारण गरेका थिए । साथै उनले दुर्घटनाप्रति दुख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
FACEBOOK COMMENTS