काठमाडौं । सोमबार मध्येराति नेपाली राजनीतिमा आएको तरंगको असर कायमै छ । मंगलबार नै नयाँ सरकार बन्नेगरी चर्चा भएपनि त्यसो हुन सकेन ।
मंगलबार नै एमालेका मन्त्रीले राजीनामा दिने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने चर्चा रह्यो । तर, जब प्रधानमन्त्री प्रचण्डले आफू राजीनामा नदिने र विश्वासको मतमा जाने भनेपछि राजनीतिक कोर्ष नयाँ सिरामा लागेको छ ।
यही बेला एमालेले दुई वटा नीति लिएको छ । मंगलबार पार्टीका मन्त्रीलाई राजीनामा गराउने भनेपछि त्यसो हुन सकेन । अहिले मन्त्रीहरुलाई राजीनामा नगराउने तर, प्रचण्डलाई आजसम्म मार्ग प्रशस्त गर्न अपिल गरेको छ ।
पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका निम्ति आजसम्ममा मार्गप्रशस्त गर्न आग्रह गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ ।
बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो ।
बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका निम्ति बुधबारसम्ममा मार्गप्रशस्त गर्न आग्रह गरेको छ । साथै बैठकले संविधानको धारा ७६ ९२० बमोजिम सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनुरोध गरेको छ ।
पार्टी सचिव योगेश भट्टराईका अनुसार नेपाली कांग्रेस र नेकपा एमाले बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिको बैठकले स्वागत गरेको छ ।
FACEBOOK COMMENTS