काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले मनसुनको समयमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
एक सूचना सम्प्रेसन गर्दै कार्यालयले यही १७ गतेदेखि २० गतेसम्म भारीदेखि अतिभारी वर्षा हुने पूर्वानुमान भएको भन्दै जिल्लावासीलाई यस सयममा सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेष गरी कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाँकाल गाउँपालिका जोड्ने मुख्य तथा सहायक सडकहरुमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह छ ।
साथै अत्यावश्यक अवस्थामाबाहेक रात्रीकालीन समयमा सवारी साधन संचालन नगर्न वा आवतजावत नगर्न उपयुक्त हुने समेत सूचनामा भनिएको छ ।
यदि कुनै आपदविपद् परेमा नजिकैको सुरक्षा निकाय वा नि:शुल्क फोन नं. १००, १११४ वा ९८५१२ ९४५५५, ९७६४ ५६८९७४ मा सम्पर्क गर्न सकिने पनि प्रशासनले जनाएको छ ।
FACEBOOK COMMENTS