काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई छल्न खोजेको विपक्षी नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाह संसदलाई रेस्पोन्स नगरेर खोपीको देउवा बन्न खोजेको बताए ।
‘सत्तापक्ष र सरकारलाई सोध्न चाहान्छु खोपीको देउता बनाउँदै घन्टी हल्लाएर पूजा गर्दै हो ? लोकतन्त्रको चिरहण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ?,’ उनले भने, ‘संविधानको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ?’
प्रधानमन्त्री नआइ सदनको कारबाही अघि बढ्न नसक्ने उनले बताए । समाजको सामाजिक, आर्थिक नीति, सीमाका विषयमा प्रश्न रहेको उनले बताए ।
‘झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र यसको प्रमुख संसदसँग किन तर्सिरहनुभएको छ । संसदसँग किन टाढा भइरहनुभएको छ र यसलाई छल्न खोजिरहनुभएको छ ? आज आमनेपाली जनता र हामी माननीयहरूको आम प्रश्न हो,’ महरले भने ।

आफूलाई उत्पादन गर्ने संसदलाई इरेस्पेक्ट गर्ने काम भएको उनले बताए । महरले संविधानको धारा ७६ को उपधारा १० र धारा ८१ सरकाबाट संविधानको उलंघन गर्ने काम भइरहेको बताए ।
