काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १५ मिनेटका निम्ति स्थगन गरिएको छ ।
सदनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरेपछि बैठक स्थगन गरिएको हो ।
विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै संसद्को काम–कारबाही अघि बढाएका थिए ।
र, ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमा छलफल जारी थियो । त्यति बेला प्रतिपक्ष सांसदले आसनबाटै नाराबाजी गरेपछि उनले बैठक स्थगन गरे ।