काठमाडौं : जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास ९होस्टेल० लाई मापदण्ड सुधार गर्न अल्टिमेटम दिएको छ ।
काठमाडौंभित्र निजी ढंगबाट सञ्चालनमा रहेका होस्टेलका सम्बन्धमा गुनासो बढेकाले सुधार गर्न एक महिनाको अल्टिमेटम दिइएको सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।
उनका अनुसार कार्यालयले नियमित एवम् आकस्मिक अनुगमनका क्रममा केही छात्रावासलाई तीन लाखसम्म जरिवाना र छात्रावास शिलबन्दी गर्ने कार्य समेत जिल्ला प्रशासनबाट भएको छ ।

