काठमाडाैं। लोक सेवा आयोगमा सबैभन्दा धेरै दरखास्त आह्वान दिनेमा पाँचवटा जिल्ला रहेको पाइएको छ । गत शुक्रबार लोक सेवा आयोगले राष्ट्रपति कार्यलयलाई बुझाएको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो । लोक सेवा आयोगका अनुसार दरखास्त आह्वान दिनेमा अग्रस्थानमा सर्लाही, धनुषा, महोत्तरी र बारा,सप्तरी रहेको छ । एकवर्षको अवधिमा निजामती सेवातर्फ प्रकाशित आन्तरिक, खुला तथा समावेशी समूहका विज्ञापनका लागि आयोगको अनलाइन दरखास्त प्रणालीमा कुल ४ लाख ७३ हजार ४ सय ९० दरखास्त प्राप्त भएका छन् ।
जसमा सबैभन्दा बढी दरखास्त पर्ने पाँच जिल्लाहरू सर्लाही ९१ लाख ८३ हजार २८०, धनुषा ९१ लाख ६६ हजार ७३०, सप्तरी ९१ लाख ६५ हजार १४०, महोत्तरी ९१ लाख ५८ हजार ३५० र बारा ९१ लाख ५४ हजार २३० रहेका छन् । उक्त पाँच जिल्लाबाट कुल ८२ हजार ७ सय ७३ (१७.४८ प्रतिशत) दरखास्त परेका छन्। त्यस्तै सबैभन्दा न्यून दरखास्त पर्ने ५ जिल्लाहरूमा क्रमशः मनाङ ९ हजार १००, मुस्ताङ ९ हजार ४९०, रसुवा ९४ हजार ५८०, रुकुम पूर्व ९७ हजार ३९० र डोल्पा ९१ हजार २४० रहेका छन् । यी जिल्लाबाट कुल २ हजार २ सय ८० अर्थात् कुल दरखास्तको ०.४८ प्रतिशतमात्र दरखास्त परेका छन् ।
आयोगबाट प्रकाशित निजामती सेवातर्फका १ हजार ४ सय ५५ विज्ञापनमध्ये विभिन्न २४ ओटा विज्ञापनमा कुनैपनि दरखास्त परेनन् । यस अवधिमा आयोगबाट निजामती सेवातर्फ सञ्चालित विभिन्न लिखित परीक्षाहरूमा ६२ हजार १ सय ५० महिला र ६० हजार ३ पुरूष गरी कुल १ लाख २२ हजार १ सय ५३ उम्मेदवार सम्मिलित भएका छन्। निजामती सेवातर्फ दुई महिला र सात पुरुष तथा सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ पाँच महिला र २४ पुरुष गरी जम्मा ३८ उम्मेदवारहरु परीक्षामा अनियमित कार्य गरेवापत कारबाहीमा परेका छन् ।
FACEBOOK COMMENTS