काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ ।
आवश्यक गणपूरक सङ्ख्या नपुगेका कारण साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आज विशेष साधारण सभा गर्ने मिति तय गरेको थियो ।
गत फागुन १६ गते बसेकोको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँस्थित वेलकम पार्टी प्यालेसमा आज (चैत ३ गते) बिहान ८ बजे विशेष सधारण सभा गर्ने निर्णय गरेको थियो ।
सभाले हकप्रद शेयर निष्कासनपश्चात् कायम हुने चुक्ता पुँजी बराबर हुनेगरी जारी पुँजीको संशोधनसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तयारी गरेको थियो ।
यो पनि पढ्नुहोस्–
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
FACEBOOK COMMENTS