काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ जारी रहेको छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइ भइरहेको हो । गत आइतबारदेखि रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएपनि बुधबार काठमाडौँ उपत्यका बिदा रहेकाले आज सुनुवाई जारी रहेको छ । मंगलबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
यपछि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका लामिछाने चितवन–२ बाट भारी मतका साथ विजयी भइ संसदीय यात्रा तय गरेका छन् ।
लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोग फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए।
त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन फिर्ता गर्ने निर्णय लिएकी थिइन्। उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको थियो।

FACEBOOK COMMENTS