काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले एलआइसी नेपालको हकप्रद सेयर पाउने छन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
आजसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि कात्तिक ९ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । एलआइसी नेपालले प्रतिकित्ता १ सय रुपैयाँको दरमा हकप्रद निष्कासन गर्दैछ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS