काठमाडौं । वर्षा सुरू भएसँगै प्रमुख सडक अवरुद्ध हुने क्रम सुरू भएको छ ।
नेपाल प्रहरीको शनिबार बिहान १० बजेसम्मको अपडेट अनुसार प्रमुख सडकको अवस्था यस्तो छ–
– सङ्खुवासभा भोटखोला–४ बरुणखोलास्थित कोशी राजमार्ग अवरुद्ध छ ।
– सङ्खुवासभा भोटखोला–४ बरुणखोलास्थित कोशी राजमार्गमा असर ६ गते आएको पहिरोले सडक अझै पूर्ण रूपमा अवरुद्ध छ ।
– बीपी राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौं जाने सडक रातिको समयमा १५ (प्रन्ध) दिन बन्द गरिएको छ ।
– हाल देशमा मनसुन सक्रिय भएकोले वर्षातका कारण विपदको घटना हुन नदिनको लागि असर ६ देखि २० गतेसम्म बेलुका ६:३० देखि बिहान ५ बजेसम्म बीपी राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौं जाने–आउने दुवैतर्फका सार्वजानिक–निजी सवारीसाधनलाई आवागमनमा रोक लगाई उक्त राजमार्ग पूर्ण रूपमा बन्द रहने छ ।
– सिन्धुपाल्चोक भोटेकोशी–३ लार्चास्थित अरनिको राजमार्ग सुचारू भएको छ ।
– असार ३ गते ०६:३० बजे सिन्धुपाल्चोकको भोटेकोशी–३ लार्चा स्थित अरनिको राजमार्ग लार्चा (लार्चादेखि इकु खोलाको पुलमा ह्युमपाइप बगाएको हुँदा बाटो पूर्ण रूपमा अवरुद्ध भएकोमा असार ६ गते ४ः४५ बजेबाट निर्माणाधीन बेलिब्रिजबाट साना हलुका चारपाङ्ग्रे सवारीसाधन आवतजावत गर्ने गरी सुचारू भएको छ भने ठूला सवारीसाधन आवतजावत नभएको (भारवहन क्षमता चेकजाँच भएपछि मात्र सुचारू हुने ) ।
– नवलपरासी (पूर्व) विनयी त्रिवेणी गापामा पूर्व–पश्चिम राजमार्ग बन्द छ । असार ६ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णायानुसार निर्माणाधिन नारायणघाट–बुटवल सडकको दुम्कीवासस्थित विनयी खोला पुलको डाईभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकोले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउन्जेल र दाउन्ने खण्डको केही स्थानहरूमा ग्रावेल राखेर सडक मर्मत गर्ने काम भइरहेकोले सो मर्मत कार्य सम्पन्न गरी सहज यातायात सञ्चालनको लागि तयार नहुन्जेलसम्मका लागि असार ७ गतेदेखि अर्को सूचना प्रकाशित नगरुन्जेलसम्मका लागि उक्त सडक खण्डमा ठूला र भारी मालवाहक सवारी सन्चालनमा रोक लगाइएको छ । साथै सो सडक खण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ । सो दौरान सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
– दोलखा तामाकोशी–५ खिम्तीस्थित चरिकोट–मन्थली मुख्य सडक सुचारू भएको छ । असार ८ गते बिहान ६:३० बजे चरिकोट–मन्थली मुख्य सडक खण्डमा राति परेको अविरल वर्षातको कारण सडक माथिबाट पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएकोमा बिहान ९:३० बजे पूर्ण रूपमा सुचारू भएको छ ।
FACEBOOK COMMENTS