काठमाडौँ । सत्तारूढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरूबीच बैठक बसेको हो ।
मन्त्रिपरिषद्को हिजोको बैठकले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि बढेको राजनीतिक गर्मागर्मीका बीच यो बैठक बसेको हो ।
बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नाउपा, लोसपाका शीर्ष नेताहरू पनि सहभागी छन् । छलफलमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।
FACEBOOK COMMENTS