काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जी ट्रेड प्रालिबीच बीमा सेवासम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रअनुसार सरिना जी ट्रेडमार्फत बिक्री गरिने ईभी इजी ट्याक्सीहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।
उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जी ट्रेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय महतोले हस्ताक्षर गरे । सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यलगायत सरिना जी ट्रेडका तर्फबाट उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।
सरिना जी ट्रेडबाट बिक्री गरिने विद्युतीय सवारीसाधनहरूकोे व्यापक सवारीसाधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारीसाधनअन्तर्गत भविष्यमा कुनै दाबी परेमा बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई थप सरल, सहज, नगदरहित तथा शीघ्र भुक्तानी गर्नेसमेत जनाइएको छ ।
FACEBOOK COMMENTS