काठमाडौं । आइसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिएका छन्।
४९ बलमा ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मुहम्मद वासिमलाई लामिछानेले एलबीडब्लु धरपमा पारेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले १७ ओभरको समाप्तीमा २ विकेट गुमाएर खेलिरहेको छ।
यूएईका वृत्या अरविन्द १९ र चुन्डानगापोयिल रिजवानले १ रन बनाएर खेलिरहेका छन्।
नेपालका ललित राजवंशीले दोस्रो ओभरको पाँचौं बलमा आर्यनलाई बोल्ड आउट गर्दै पवेलयिनको बाटो देखाए।
नेपालका लागि गुल्सन झा र सोमपाल कामीले पनि कसिलो बलिङ गरिरहेका छन्।
FACEBOOK COMMENTS