काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा विजय श्रेष्ठ नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कोषको प्रमुख प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
जितेन्द्र धिताललाई पदमुक्त गरेपछि खाली रहेको उक्त पदमा श्रेष्ठलाई सरकारले नियुक्त गरेको हो ।
समितिले जीवन कटुवाल, विजय श्रेष्ठ र भरतराज बस्तीको नाम मन्त्रिपरिषद्मा पेस गरेको थियो ।