टर्की । टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री अल्परस्लान बायराक्तार र भ्रमणमा रहेका अजरबैजानी अर्थमन्त्री मिकाइल जबारोभले इस्तानबुलमा प्राकृतिक ग्यासको क्षेत्रमा सहयोग बढाउने सम्झौतामा हस्ताक्षर गरिएको छ । वार्तापछि बेराक्तरले प्राकृतिक ग्यास सहयोग सम्झौताले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा र्पुयाएको बताए । यो सम्झौताले क्यास्पियन क्षेत्रबाट अजरबैजानी प्राकृतिक ग्यासको थप मात्रालाई २०३० सम्ममा टर्कीमा ढुवानी गर्न अनुमति दिने बताए । मन्त्रीका अनुसार तुर्कमेनिस्तानको प्राकृतिक ग्यास अजरबैजान र जर्जिया हुँदै टर्कीसम्म र्पुयाउने विषयमा पनि दुई देशबीच सहमति भएको छ । टर्की र तुर्कमेनिस्तान बीच मार्चमा समझदारीको ज्ञापनपत्रमा हस्ताक्षर भएको थियो । जब्बारोभले दुई देशबीचको सहकार्यले युरोपको ऊर्जा सुरक्षामा उल्लेख्य वृद्धि गर्ने कुरामा पनि जोड दिए ।
FACEBOOK COMMENTS