काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी मध्ये हालसम्म ६० प्रतिशत बीमा दाबी भुक्तानी भईसकेका जनाएको छ ।
गत असोज ११ गते देखि देशभर परेको अविरल वर्षा, बाढी र पहिरोको कारण कम्पनीमा प्राप्त भएका बीमा दाबीहरु मध्ये कम्पनीबाट सानो तथा सरल किसिमको बीमा दाबीहरु द्रुत गतिमा भुक्तानी भइरहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
त्यस्तै यकिन गरी दाबी रकम प्रमाणीत गर्न बीमितबाट आवश्यक कागजात उपलब्ध नभएका कारण दाबी भुक्तानी हुन नसकेकोले आवश्यक कागजात उपलब्ध गराई दाबी रकम लिन बीमितहरुमा कम्पनीले अनुरोध गरेको छ ।
साथै, अग्रिम दाबी भुक्तानी प्राप्त गर्नका लागि कम्पनीका सम्बन्धित प्रतिनिधि, सर्भेयरसंग चाँडो सर्भे प्रतिवेदन पेश गरी सहज तथा शिघ्र दाबी व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS