काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाल पुलिस क्लब महिला भलिबल टीमको मुख्य प्रायोजन गर्ने भएको छ ।
टीमको प्रायोजन गर्नका लागि नेपाल प्रहरी र सिप्रदी ट्रेडिङीचत सम्झौता समेत भएको छ । त्यससम्बन्धी सम्झौतामा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षण सुदीप गिरीले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता यही सेप्टेम्बर १५ अर्थात् भदौ ३० गते माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसीप खेलका लागि लागू हुन बताइएको छ ।
काभा महिला भलिबल क्लब च्याम्पियनसिप २०२४, माल्दिभ्स भलिबल संघले यहि २०२४ सेप्टेम्बर १५ तारिखदेखि २१ तारिखसम्म आयोजना गर्न लागेको हो । उक्त खेलमा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, इरान, काजकिस्तान, पाकिस्तान, श्रीलकां, ताजकिस्तान, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरी १३ एसियाली राष्ट्रका क्लबहरूले सहभागिता जनाउने छन् ।
FACEBOOK COMMENTS