काठमाडौं । पठाओ नेपालले नेपालमा विद्युतीय टेयाक्सी निःशुल्क रूपमा दर्ता गर्ने भएको छ ।
पठाओमा निःशुल्क ट्याक्सी दर्ता गरी सहज आवद्धताका लागि सिप्रदी ट्रेडिङ प्रालि र पठाओ नेपाल प्रालिले व्यावसायिक सम्झौता गरेका छन् ।
नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले पठाओसँग गरेको सम्झौता अनुसार आगामी तीन महिनासम्म खरिद गरिएका टाटाको एक्सप्रेस–टी ट्याक्सी निःशुल्क रूपमा दर्ता गर्न पाइने छ । जस अनुसार आगामी साउन मसान्तसम्म एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूले पठाओमा निःशुल्क दर्ता गर्न पाउने छन् ।
पठाओ नेपालको ग्रिन रिभोलुसन पहलमा हालै सुरुवात गरेको पठाओको कार प्लस सेवाअन्तर्गत सबै विद्युतीय गाडीहरू रहेका छन् । यो सहकार्यले एक्सप्रेस–टी ट्याक्सी ग्राहकहरूले सजिलै निःशुल्क पठाओमा आबद्ध हुने सक्नेछन् भने यात्रुहरूले सजिलै विद्युतीय ट्याक्सीमार्फत आरामदायी यात्रा गर्न सक्ने छन् ।
FACEBOOK COMMENTS