काठमाडौँ । प्रहरीले काठमाडौँको गोंगबुबाट ४५ राउण्ड गोली र एसएलआर हतियारको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौँको टोखा नगरपालिका– ९ स्थित गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसमा चेकजाँचको क्रममामा सप्तरीका २७ बर्षिय खगेन्द्र शर्मा र काठमाडौँको नरेफाँट बस्ने सप्तरीका २२ बर्षिय ओमशंकर गुप्तालाई ४५ राउण्ड गोली र एसएलआर हतियारमा प्रयोग हुने म्यागजिनसहित पक्राउ गरेको हो ।
साथै प्रहरीले मेटलको नक एक थानपनि बरामद गरेको जानकारी दिएको छ ।