एजेन्सी । आर्थिक सङ्टकमा परेको श्रीलङ्काको अर्थतन्त्रमा ३९ वर्षमा पहिलो पटक उपभोक्ता मूल्यमा गिरावट आएको सरकारी आँकडाले देखाएको छ । आँकडाअनुसार सेप्टेम्बरको मुद्रास्फीति ऋणात्मक शून्य दशमलव पाँच प्रतिशतमा झरेको छ ।
जनगणना तथा तथ्याङ्क विभागको आँकडाले अगस्टमा शून्य दशमलव पाँच प्रतिशत मुद्रास्फीति रहेकामा सेप्टेम्बरमा खाद्य र गैर–खाद्य वस्तु दुवै वस्तुको मूल्यमा गिरावट आएको देखाएको छ । यसअघि सन् १९८५ अक्टोबरमा दुई दशमलव एक प्रतिशत ऋणात्मक थियो ।
दुई वर्षअघि श्रीलङ्कामा अभूतपूर्व आर्थिक सङ्कटको चरम अवस्थामा मुद्रास्फीति ६९ दशमलव आठ प्रतिशत पुगेको थियो । खाद्यान्न, इन्धन र औषधिको चरम अभावलले महिनौँसम्म विरोध प्रदर्शन हुँदा अन्ततः तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षले अस्थायी रूपमा मुलुक छाड्न र सन् २०२२ जुलाईमा पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो ।
उनका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले दुई अर्ब ९० करोड डलरको अन्तर्राष्ट्रिय मुद्राकोष ९आइएमएफ० को राहत प्याकेज प्राप्त गर्नुभयो र अर्थतन्त्रलाई स्थिर बनाउन कर र मूल्य वृद्धि गरे ।
यसै महिनाको प्रारम्भमा राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे पराजित हुनुभयो । निर्वाचनमा विजयी अनुरा कुमारा दिसानायकेले आइएमएफ कार्यक्रमलाई जारी राख्ने तर यसले लागु गरेका केही कठोर मितव्ययी उपायलाई खुकुलो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS