काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले देश छाडेर भाग्नु पर्नसक्ने चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएपछि उनले आपत्ति व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनभावानको कदर नगर्दा बङ्गलादेशकी राष्ट्रपति शेख हसिना र श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देश छाडेर भाग्नुपरेको घटना स्मरणमा राख्न उनले सुझाव दिए ।
आज (मङ्गलबार) गृजिल्ला भोजपुरमा भएको एक कार्यक्रममा उनले अहिलेको सरकारलाई भ्रष्टाचारी सरकारको संज्ञा दिँदै भ्रष्टाचारी सरकारले सदाचारीको पहिचान बनाएका कुलमानलाई कारबाही गर्नु सुहाउँदो विषय नभएको बताए । उनले अब यस्तो बेथिति जनताले टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए ।
FACEBOOK COMMENTS