सन लाइफ नवीन आजीवन जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा र आजीवन बीमा योजनाको सम्मिश्रण भएको बीमा योजना हो। कम्पनीका अनुसार यो योजनामा बीमितलाई बीमा अवधि समाप्त भएपछि बोनससहित एकमुष्ट बीमा रकम भुक्तान गर्ने व्यवस्था छ। यदि बीमितको मृत्यु १०० वर्ष नपुग्दै मृत्यु भयो भने निजको हकवालालाई बीमा रकम भुक्तान गरिनेछ। बीमित १०० वर्ष उमेरसम्म बाँचेमा पनि बीमा रकम पुनः भुक्तान गरिने छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सन लाइफ नवीन आजीवन’ जीवन बीमा योजना ल्याएको छ। यो मुनाफामा सरिक हुने सावधिक जीवन बीमा र आजीवन बीमा योजनाको सम्मिश्रण भएको बीमा योजना हो।
कम्पनीका अनुसार यो योजनामा बीमितलाई बीमा अवधि समाप्त भएपछि बोनससहित एकमुष्ठ बीमा रकम भुक्तान गर्ने व्यवस्था छ। यदि बीमितको मृत्यु १०० वर्ष नपुग्दै मृत्यु भयो भने उसको हकवालालाई बीमा रकम भुक्तान गरिनेछ। बीमित १०० वर्ष उमेरसम्म बाँचेमा पनि बीमा रकम पुनः भुक्तान गरिने छ।
योजनाको प्रमुख विशेषता
यो बीमा योजनामा एउटै बीमालेखअन्तर्गत दुई पटक बीमा रकम भुक्तानीको व्यवस्था छ।
अतिरिक्त लाभहरू
दुर्घटना मृत्यु र स्थायी अशक्तता सुविधाः बीमितको दुर्घटनाका कारण मृत्यु भएमा ५० लाखसम्म बीमा रकम प्रदान गरिनेछ। स्थायी अशक्तता भएको अवस्थामा बीमाशुल्क छुट सुविधा पनि उपलब्ध छ।
घातक रोग सुविधाः १८ प्रकारका घातक रोगहरूमा उपचार खर्चका लागि अधिकतम ५० लाख रूपैयाँको बीमा रकम प्रदान गरिनेछ।
किरिया खर्च सुविधाः बीमितको मृत्यु भएमा बीमा रकमको २५ प्रतिशत वा अधिकतम ५० हजार रूपैयाँ किरिया खर्चबापत भुक्तान गरिनेछ।
योजना छनोटका लागि योग्यताहरू
प्रवेश उमेरः न्यूनतम १६ वर्ष, अधिकतम ६५ वर्ष।
बीमा अवधिः न्यूनतम ५ वर्ष, अधिकतम ५९ वर्ष।
बीमा रकमः न्यूनतम १ लाख रूपैयाँ।
बीमाशुल्क भुक्तानी तरिकाः वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक।
कसरी खरीद गर्ने?
यो योजना खरीद गर्न इच्छुकले ९८०१२३४४४ मा सम्पर्क गर्न सक्नेछन्।
FACEBOOK COMMENTS