काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०-०८१ को बिमाङ्कीय मूल्यांकन प्रतिबेदन नेपाल बीमा प्रधिकरण बाट स्वीकृत गरेको छ ।
यो सँगै बिमाङ्कीय मूल्यांकन प्रतिबेदन स्वीकृत गर्ने पहिलो जीवन बीमा कम्पनी भएको छ ।
प्रधिकरणबाट जारी रिक्स बेस्ड क्यापिटल निर्देशिकालाई पालना गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आरबिसी भ्यालुएसन स्वीकृत गर्ने पहिलो जीबन बीमा कम्पनी बनेको छ । कम्पनीले आफ्ना बीमालेखहरुमा दिइने बोनस दर सार्वजनिक गरेको छ ।
सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमामा न्यूनतम ४० देखि ७५ रुपैयाँ सम्म, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ सम्म र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म दिने जनाएको छ ।
FACEBOOK COMMENTS