अनुप कुमार बराल
प्रबन्ध निर्देशक/सीईओ, नारायणणी अटो बिजनेश प्रालि
कार्यसमिति सदस्य, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल
नेपालमा सुजुकी ‘डिमाण्डिङ’ र सर्वाधिक बिक्री हुने ब्राण्ड हो ।
अहिले हामीसँग ईभी नभए पनि प्रडक्ट लाइनअपहरू राम्रा छन् । त्यसमा पनि हाइब्रिड गाडीहरू ए–वान छन् । एयूभी हाइब्रिडमा बेष्ट एड्मायर एसयूभी ब्रेजा र ग्राण्ड भिटारा छन्, जुन अत्यन्तै धेरै माग र बिक्री भइरहेको गाडी हो । यस्तै, अफरोड र सिटी राइड दुवैका लागि उपयुक्त हुने फोर ह्वील ड्राइभ जिम्नीलगायतका गाडीहरू यो वर्षको नाडा अटो शोमा शोकेस गर्दैछौँ ।
यसैगरी नेपालमा सर्वाधिक मन पराइएका स्वीफ्ट, बलेनो, सेलेरियो (आम सर्वसाधारणले बढी रुचाएको) वेगन–आरलगायत राम्रा लाइनअप प्रडक्टहरू नाडा अटो शोमा प्रदर्शन गर्छौँ ।
सरकारको नीतिहरूले खस्किएको अटोमोबाइल बजार यो अटो शोले उकास्न मद्दत गर्छ । सबै व्यवसायीहरू उत्साहित छन् । यसले नेपालको आर्थिक अवस्थालाई पनि सुधारको बाटोतर्फ लैजाने हाम्रो अपेक्षा छ । अटोमोबाइल क्षेत्रलाई मोटिभेट गर्ने शो हुनेछ भन्ने विश्वास मलाई छ ।
चीन र भारतमा बनेका तथा नेपालमा एसेम्बल भएका दुईपांग्रे र चारपांग्रे सवारी सधानहरू मात्रै नभइ इलेक्ट्रिक भेहिकल (दुईपांग्रे–चारपांग्रे), नेपालमै बनेका अटो कम्पोनेन्टहरू (ब्याट्री, लुब्रिकेन्ट, टायर) लगायत सबै वस्तु तथा सेवाहरू प्रदर्शन यो अटो शोमा हुनेछन् । यसैगरी, प्रत्येक ब्राण्डका विदेशी प्रतिनिधहरू पनि यो शोमा आफ्नो ब्राण्डलाई थप सशक्त बनाउने उद्देश्य अनुरूप उपस्थिति हुने कार्यक्रम छ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS