मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, आज राति र भोली सतर्क रहन आग्रह
कर्पोरट खबर
9:05 pm, शनिबार, साउन २, २०८३
- काठमाडौं उपत्यकामा सक्रिय मनसुनका कारण डुबानको जोखिम बढेको छ।
- नदीकिनार र होचा स्थानका बासिन्दालाई जल सतह बढ्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ।
काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरे ।
उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ । देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरे ।