तनहुँ । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार ३७ हजार ८४१ मतगणना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार २४९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार २७९ र नेकपा ९एमाले०का सर्वेन्द्र खनालले ६ हजार १५२ मत ल्याएका छन् ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ । ४२ वटामध्ये हालसम्म २६ वडाको मतगणना सकिएको छ ।
FACEBOOK COMMENTS