काठमाडौं । भुक्तानी सेवाप्रदायक ई–सेवाले स्वस्तिक कलेजका दुईजना विद्यर्थीलाई छात्रवृत्ति (स्कलरसीप) दिने भएको छ ।
कलेजमा सञ्चालित बीएससीसीएसआईटी र बीसीए कार्यक्रमहरूबाट उत्कृष्ठ दुई जनालाई छात्रवत्तिको अवसर दिने ई–सेवाका बोर्ड अफ डिरेक्टर सौगात केसीले जानकारी दिए ।
टेक्नोलोजीकल अभ्यास, अनुभव अनि शैक्षिक योग्यताबीच समन्वय नभइरहेको अवस्थामा आफूहरूले उक्त विषयहरूलाई एक–आपसमा जोड्नका लागि उक्त छात्रवृत्तिको व्यवस्था गरेको उनको भनाइ छ ।
छात्रवृत्ति पाउन विभिन्न प्रावधानहरू राखिएको पनि उनले बताएका छन् । एफ वान सफ्टका चिफ इन्भेष्टमेन्ट अफिसर समेत रहेका केसीले छात्रवृत्तिमा छनोट भइ अध्ययन गर्ने ती विद्यार्थीलाई टेक्नोलोजीमा नेपालको लिडिङ कम्पनी एप वान सफ्टमा इन्टर्नसीपको व्यवस्था समेत गरिएको जानकारी दिएका छन् ।
एफ वान सफ्ट र ई–सेवाको यो प्रयासले प्राक्टिकल एक्सपिरियन्सको ग्याप हटाने विश्वास गरिएको छ । यस्तो अवसर विगतमा पनि दिइँदै आएको सौगात केसीको भनाइ छ ।
FACEBOOK COMMENTS