काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा आयोजित मार्चपास्टमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमति विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् ।
चन्द्रबहादुर थापा दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका खेलाडी हुन् ।
त्यस्तै, मानमति विष्ट चीनमा भएको १९औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले ऐतिहासिक कांस्य पदक जित्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन् ।
जापानमा हुने २०औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी तथा अधिकारीको टोलीले उद्घाटन समारोहको मार्चपास्टमा सहभागिता जनाउनेछ । एशियाली खेलकुदको उद्घाटन समारोह नेपाली समय अनुसार आज दिउसो साढे २ बजेदेखि शुरु हुदैछ ।